नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष गोल्छा पक्राउ
काठमाडौं,१० बैशाख । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवम् व्यवसायी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको नक्साल आसपासबाट पक्राउ गरेको हो ।

दीपक भट्टसमेत जोडिएको विवादित सेयर कारोबारबारे नेपाल धितोपत्र बोर्डको जाँचबुझ प्रतिवेदनका आधरमा गोल्छालाई प्रहरीले पक्राउ गरेको हो ।उक्त विवादित सेयर कारोबारमार्फत् अर्बौँ हिनामिना गरिएको भन्दै सरकारले गृहमन्त्री सुधन गुरुङको राजीनामाको भोलिपल्टै गोल्छालाई समातेको हो ।
उक्त प्रकरणमा उनीसहित अन्य ५ जना संलग्न रहेको दाबी सरकारको छ।

