स्थानीय तह निर्बाचनको तयारीमा जुट्यो रास्वपा



काठमाडौँ,७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आह्वान गर्ने निर्णय गरेको छ ।

सोमबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले वैशाख २० गते आह्वान गरेको सहमहामन्त्री विपिन आचार्यले जानकारी दिए । रूपरेखा निर्माण गरी क्यान्डिडेट क्लब मार्फत उम्मेदवार आह्वान गर्ने संयोजनको जिम्मेवारी आचार्यलाई दिएको छ ।

बैठकले आचार्यलाई नै विधान संशोधन समितिको संयोजक बनाएको छ । यसैगरी संसदीय दलको विधान संशोधन गर्ने जिम्मा पार्टी सचिवालयलाई दिएको आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार नयाँ महामन्त्री भूपदेव शाहको नेतृत्वमा सरकार र पार्टीबिच पूलको काम प्रभावकारी बनाउन ९ सदस्यीय समिति बनाउने निर्णय गरेको छ । शाहलाई आजै बसेको बैठकले महामन्त्री नियुक्त गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्