सरकारी कर्मचारीलाई पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराइने
काठमाडाैं,७ बैशाख । सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई अर्धमासिक रुपमा तलबभत्ता उपलब्ध गराउने भएको छ ।

अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई परिपत्र गर्दै अबदेखि पाक्षिक रुपमा तलबभत्ता उपलब्ध गराउनेबारे जानकारी गराएको हो । यसअघि मासीक रुपमा दिइँदै आएको तलबभत्ता अर्धमासिक रुपमा भुक्तानी गर्ने व्यवस्थाका लागि यहि वैशाख ४ गते अर्थमन्त्री स्तरीय निर्णय भएको जनाईएको छ । राष्ट्रसेवक सरकारी कर्मचारीहरूको सहजताका लागि यस्तो व्यवस्था गरिएको मन्त्रालयले जनाएको हाे ।
नयाँ व्यवस्थाअनुसार अब महिनामा दुईपटक तलब प्राप्त हुने भएकाले कर्मचारीहरूको नगद प्रवाह व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ । अर्थ मन्त्रालयका अनुसार यो व्यवस्था कार्यान्वयनमा आएपछि तलब वितरण प्रणाली थप व्यवस्थित, पारदर्शी र समयमै हुने विश्वास गरिएको हाे।

