वैशाख १५ गतेदेखि रास्वपाले जिल्ला अधिवेशन सुरु गर्ने



काठमाडौं,६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले वैशाख १५ गतेबाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

सोमबार रास्वपाको केन्द्रीय समिति बैठक बस्दैछ। केन्द्रीय समितिमा सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ।

जिल्ला र निर्वाचन क्षेत्रसहितको सूची भोलिको बैठकबाट पारित गर्ने रास्वपाको तयारी छ। फागुन २१ को निर्वाचनमा रास्वपाले १६५ मध्ये १२५ क्षेत्रमा जित हासिल गरेको थियो। समानुपातिकतर्फ भने ५७ सिट जितेको थियो।

प्रतिक्रिया दिनुहोस्