रेशमलाई अनधिकृत थुनामा पठाउने सर्बोच्चका अधिकृत बिष्टलाई ६ महिना कैद तथा १० हजार जरिवाना
काठमाडौँ,४ बैशाख । अनाधिकृत रुपमा रेशम चौधरीलाई जेल पठाउने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्टलाई ६ महिना कैद १० हजार रुपैयाँ जरिवाना भएको छ।

जिल्ला अदालत काठमाडौँमा बिष्टविरुद्ध दायर भएको सरकारी कागजात किर्ते मुद्दामा बिहीबार न्यायाधीश खिमानन्द भुषालको इजलासले सजाय निर्धारण गरेको हो। यसअति गत चैत २२ गते त्यहीँ इजलासले बिष्टलाई दोषी ठहर गरेको थियो।
चौधरीलाई सरकारको सिफारिसमा राष्ट्रपतिले टिकापुर घटनामा दिएको आममावि विरुद्ध परेको रिटमा न्यायिक सुनुवाइ विनै उनले चौधरीलाई एकाएक जेल पुर्याएका थिए। सर्वोच्चको लेटरहेडम चौधरीलाई जेल पठाउनू भन्ने अनाधिकृत पत्र उनले तयार गरेका थिए।
उक्त कुरा खुलेपछि लगत्तै चौधरी जेलमुक्त भएका थिए भने बिष्टलाई पक्राउ गरेर अनुसन्धान थालिएको थियो।
प्रहरीले उनलाई पक्राउ गरेर सरकारी कागजात किर्तेमा अनुसन्धान गरेको थियो। चौधरीले पनि आफूलाई दुःख दिएको भन्दै अदालतमा मुद्दा हालेका थिए।

