प्रति लिटर ३० रुपैयाँले बढ्यो डिहेल र मट्टीतेलको मूल्य



काठमाडौं,३ बैशाख । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ ।

बुधबार मध्य रातिबाट लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य प्रति लिटर ३० रूपैयाँले वृद्धि भएको निगमले जनाएको हो ।

यस्तै, हवाई इन्धन आन्तरिकतर्फ पाँच रूपैयाँले वृद्धि भएको निगमले जनाएको छ । पेट्रोलको भाउ भने निगमले यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्