प्रधानमन्त्री कार्यालयले खोज्यो मन्त्रालयहरुमा रहेका सवारी साधनको बिस्तृत विवरण



काठमाडौं,२ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सिंहदरबारस्थित सबै मन्त्रालयहरूलाई आफ्ना मातहतमा रहेका सवारी साधनहरूको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।

कार्यालयले आज सबै मन्त्रालयहरूलाई पत्राचार गर्दै मन्त्रालय, विभाग र मातहतका कार्यालयहरूमा प्रयोगमा रहेका तथा मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको विवरण माग गरेको हो।

सचिवस्तरीय निर्णयानुसार यो विवरण माग गरिएको हो। पत्रमा उल्लेख भएअनुसार, सबै मन्त्रालयले २०८३ वैशाख ३ गते कार्यालय समयभित्रै तोकिएको ढाँचामा विवरण अनिवार्य रूपमा बुझाउनुपर्नेछ।

प्रधानमन्त्री कार्यालयले सवारी साधनको पारदर्शी व्यवस्थापनका लागि सवारीको ब्रान्ड र मोडल, सवारी साधन नम्बर, गियर सिस्टम, इन्धनको प्रकार (डिजेल–पेट्रोल–विद्युतीय), प्रयोगकर्ताको नाम र पद, सवारी साधनको वर्तमान अवस्था (चालु वा मर्मतमा रहेको) विवरण माग गरिएको छ ।

सिंहदरबारभित्रका सवारी साधनहरूको वैज्ञानिक व्यवस्थापन र सरकारी स्रोतको उचित प्रयोग भए–

प्रतिक्रिया दिनुहोस्