गायिका अन्जु पन्तको नेपालभाषाकाे गीतमा धिरेन शाक्यको अभिनय
काठमाडौं,२६ चैत । एक जमानाका चर्चित एवम् लाेकप्रिय अभिनेता धिरेन शाक्यले अभिनय गरेको नेपालभाषाकाे एउटा गीत ” मिखा भाय्” (आँखाकाे भाखा ) सार्वजनिक भएको छ ।

गायिका अन्जु पन्तको स्वर रहेको याे गीतको म्युजिक भिडियो किर्तिपुरकाे किर्तिपुर सिनेप्लेक्समा सार्वजनिक गरिएको थियोे ।
बुधबार सम्पन्न साे कार्यक्रममा वरिष्ठ गायक जुजुकाजी रन्जित मुख्य अतिथिका रुपमा रहनु भएको थियो भने अग्रज सिने पत्रकार विजयरत्न तुलाधर असंबरे विशेष अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा अभिनेता धिरेन शाक्यले आफुले साे म्युजिक भिडियोमा गर्दाकाे अनुभव सुखद रहेको भन्दै नेपाली फिचर फिल्मकाे गीतमा काम गरेकाे जस्तो अनुभुति भएको बताए ।
सार्वजनिक गीतकाे समीक्षा गर्दै पत्रकार तुलाधरले गीतले दर्शक श्राेताकाे मन जित्न सक्ने खुबी रहेको बताए । केबिएस लुभु प्राेडक्शन हाउस ले निर्माण गरेको साे म्युजिक भिडियो का परिकल्पनाकार एवम् निर्माण व्यवस्थापक केबिएस लुभुले स्वागत मन्तव्य राखेको साे कार्यक्रममा म्युजिक भिडियोका कलाकार र प्राविधिक एवम् सहयोगीहरुलाई मायाको चिनाे प्रदान गरिएको थियोे ।
यो म्युजिक भिडियोका निर्देशक एवम् नृत्यनाटक निर्देशक बालमुकुन्द प्रजापति , छाँयाकार एवम् सम्पादक शैलेश श्रेष्ठले लुभु , गीतकार प्रकाशि दिप श्रेष्ठ , संगीतकार गाेविन्द ह्युमत , संगीत संयाेजक जिवित जल्मी हुन् भने गीतकाे भिडियो मा धिरेन शाक्यलाई रुखसाना महर्जनले जाेडिका रुपमा साथ दिएका छन्।

