बढ्दो महंगी नियन्त्रण गर्न ठोस योजना बनाएर अघि बढ्न सरकारलाई कांग्रेस सांसद कार्कीको आग्रह



काठमाडौँ,२५ चैत । बढ्दो महँगी, इन्धनको मूल्यवृद्धि र खाद्यान्न अभावले सर्वसाधारण मारमा पारिरहेका बेला नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले यो समस्या समाधान गर्न ठोस योजना बनाएर अघि बढ्न सरकारसँग माग गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै कांग्रेस सांसद कार्कीले वर्तमान भूरणनीतिक अवस्थाले मुलुकमा थप जटिलता ल्याउन सक्ने भन्दै सरकारलाई सचेत रहन आग्रह गरे। उनले अल्पकालीन र दीर्घकालीन दुवै योजना तयार पारेर समस्याको समाधानतर्फ अग्रसर हुन ढिलाइ गर्न नहुने बताए।

कार्कीले नेपाल बाह्य शक्तिहरूको प्रभाव र चलखेलको जोखिममा पर्न सक्ने चेतावनी दिँदै यस्ता सम्भावित चुनौतीको सामना गर्न समयमै रणनीतिक तयारी आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार संकटहरूको पहिचान र पूर्वतयारी अहिलेको मुख्य आवश्यकता हो।

उनले इन्धन, खाद्यान्न र बजार मूल्य नियन्त्रणका लागि प्रभावकारी योजना ल्याउन सरकारलाई दबाब दिँदै यसप्रति गम्भीर बन्न आग्रह गरेका छन्। (फाईल फोटो)

प्रतिक्रिया दिनुहोस्