ओली र लेखक थप पाँच दिन हिरासतमै रहने



काठमाडौं,२२ जेठ । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ५-५ दिन म्याद थप गरेको छ ।

जेन-जी आन्दोलनमा दमनको घटनालाई लिएर पक्राउ परेका पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई अदालतले आइतबार ५ -५ दिन म्याद थप गरेको हो । त्यसैगरी सम्पति शुद्धीकरण सम्बद्ध कसुरमा शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

म्पति शुद्दीकरण सम्बद्ध कसुरमा अनुसन्धानका लागि उनलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिनुभयो । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान गर्न विभागले आइतबार अग्रवाललाई अदालतमा पेस गरेको थियो । उनका बुबा शंकर अग्रवाललाई विभागले रिहा गर्ने निर्णय गरेको छ ।

यस्तै आइतबार अदालतले पूर्वमन्त्री दिपक खड्कालाई पनि सात दिन म्याद थप गरेको छ । गत आइतबार अदालतले खड्कालाई सात दिन म्याद थप गरेको थियो । विभागले तीनै जनाविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ को दफा १७ अनुसारको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्