बुवा छुटे,छोरालाई थपियो ५ दिनको म्याद



काठमाडौं,२२ चैत । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ।

उनका बुवा शंकर अग्रवाल छुटेको दिन शुलभलाई भने प्रहरीले अनुसन्धानका लागि म्याद लिएको हो । हिरासतमै राख्ने या जमानतमा रिहा गर्ने विषयमा भएको बहसपछि जिल्ला अदालतले यस्तो आदेश दिएको हो ।

यसअघि शंकर ग्रुपका अध्यक्षसमेत रहेका शंकर र शुलभलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पक्राउ गरेको थियो ।

शुक्रबार पक्राउ परेका अग्रवाललाई जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको थियो । यता शनिबार पक्राउ परेका शुलभले भने हिरासतमै रहनुपर्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्