सातामा दुई दिन बिदा दिने सरकारको निर्णय
काठमाडौं,२२ चैत । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिबाट समस्या हुन नदिन सरकारी कार्यालय सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार (चैत २२) बसेको मन्त्रिपरिषद्को बैठकबाट शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ।

सरकारी कार्यालय र सम्पूर्ण शैक्षिक संस्थामा भोलिदेखि नै बिदा दिने निर्णय भएको छ । त्यस्तै शैक्षिक संस्थाबाहेक सरकारी कार्यालयको समय ९ देखि ५ बजेसम्म कायम गरिएको छ।

