गौतम र गोरखा सहकारीका सञ्चालक पक्राउ
काठमाडौं,२० चैत । गौतम सहकारी संस्था र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका सञ्चालक पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले शुक्रबार (चैत २०) पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा गौतम सहकारीका व्यवस्थापक रविन विष्ट छन् । यस्तै, गोरखा सहकारीका अध्यक्ष इमानसिंह राई, कार्यकारी अधिकारी लालबाबु क्षेत्री, अविन कुमार राई र कर्णबहादुर राईलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ । गौतम सहकारीको चार अर्ब ६ करोड ३९ लाख ४८ हजार दुई अर्ब पाँच करोड ९९ अपलचन भएको थियो ।
यसैगरी, गोरखा सहकारीको चार अर्ब पाँच करोडमध्ये एक अर्ब ४९ करोड अपचलन भएको उजुरी परेको थियो ।

