गायक तथा संगीतकार सुनुवारको ‘पर्दा तानी नहेर’ बोलको रोमान्टिक गीत सार्बजनिक ( भिडियो सहित)
काठमाडौं,१७ चैत्र । लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवारको स्वरमा ‘पर्दा तानी नहेर’ बोलको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

किरण के.उप्रेतीको शब्द,गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन् ।
मरुभूमि नारायणको छायांकन र मोहन सुनुवारको सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ ।

