कांग्रेसको १५ औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव केन्द्रीय समितिमा



काठमाडाैं,१० चैत । नेपाली काँग्रेसले आफ्नो १५ औं महाधिवेशनको लागि प्रस्तावित कार्यतालिका सार्वजनिक गरेको छ ।पार्टीको केन्द्रिय कार्यसमितिले तयार पारेको प्रस्ताव २०८३ साल भदौ २४, २५ र २६ गते काठमाडौंमा महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रस्तावित कार्यतालिकाअनुसार ६ हजार ७ सय ४३ वटै वडामा साउन ६ गते एकैसाथ अधिवेशन हुने पार्टीका सभापति गगनकुमार थापाले बताउनुभयो ।

त्यसैगरी, साउन १२ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गरिने काँग्रेसले जनाएको छ । साउन २३ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र साउन ३० गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुनेछ ।

जिल्ला अधिवेशन भदौ ६ र ७ गतेका लागि तय गरिएको छ भने प्रदेश अधिवेशन भदौ १५ र १६ गते हुनेछ । यो कार्यतालिका पार्टीको आगामी केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्