गायिका मिना राईको ‘महभन्दा गुलियो’ सार्वजनिक (भिडियो सहित)
काठमाडौ,९ चैत्र । भर्खरै विदेशको सांगीतिक भ्रमण सक्काएर स्वदेश फर्कनु भएकी सदाबहार गायिका मिना राई र गायक निर्वाण निश्चल रार्ईको स्वर समेटिएको ‘मह भन्दा गुलियो’ बोलको भिडियोे दर्शक माझ आएको छ ।

भिडियो गायिकाको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । मेला महोत्सवमा गायिने पुर्वेली शैलिमा आधारित रहेकोले यस गीतलाई दर्शक, श्रोताहरुले आफ्नो अघिल्ला सिर्जनाहरुलाई मनपाराइदिनु भएजस्तो ‘मह भन्दा गुलियो’लाई पनि मन पराउनु हुनेछ भन्ने कुरामा गायिका राई आशावादी हुनुहुन्छ ।
डिपि खनालको शब्द, देवेन्द्र बरालको संगीत,विश्व अधिकारीको एरेन्ज,मिस्किङ,माष्टरिङ रहेको गीतको भिडियोमा हरिष निरौला ‘कक्रोज’, तृष्णा बराइली,मनि राई सशिकला तामाङ्ग आदिको अभिनय र नृत्य रहेको छ भने कोरियोग्राफी रोशन विश्वकर्मा, छायांकन दिनेश पराजुली, सम्पादन अनिल कोयी राई र निर्देशन अमृत चापागाईंको रहेको छ ।

