जालपा आबिलाई पूर्ब विद्यार्थी जमरकट्टेलले गरे एक कक्षा कोठा, एक भित्ते घडी सहयोग
सोलुखुम्बु,२५ फागुन । जिल्लाको नेचासल्यान गाँउपालिका वडा नं ४ फुर्केमा अवस्थित जालपा आधारभुत विद्यालयलाई पुर्व विद्यार्थी सुरेशबाबु जमरकट्टेलले एक कक्षा कोठा एक भित्ते घडि सहयोग गरेका छन् । विद्यालय संस्थापक परिवारका सदस्यसमेत रहेका पुर्व विद्यार्थी, समाजसेवी जमरकट्टेलले एक कार्यक्रमका बीच विद्यालयलाई भित्ते घडि हस्तान्तरण गर्नुभएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज राईको अध्यक्षतामा आयोजित सहयोग हस्ताान्तरण कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक / शिक्षिका,अध्यनरत विद्यार्थी,पुर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सहयोगि जमरकट्टेलले “घडि समयको सुचक मात्र नभएर यो शिक्षक,विद्यार्थी र अभिभावकलाई अनुसाशनको पाठ सिकाउने पहरेदार पनि भएको हुनाले मैले यो पटक गाउँ आउदा हरेक कक्षा कोठामा घडि सहयोग गर्ने मनसाय बनाएको हुँ ।
कार्यक्रममा बोल्दै अध्यक्ष युवराज राईले घडिले अनुसाशन र समयको महत्वलाई मौन रुपमा पाठ सिकाउने हुनाले आज प्राप्त यी घडिले हामी सबैलाई अनुसाशनको मार्गमा हिडाउन अझ सहयोग पुग्ने बताउदै सहयोगी दातालाई धन्यवाद व्यक्त गर्नु भयो । कार्यक्रम सञ्चालक प्र अ रोहित प्रसाद बास्तोलाले जमरकट्टेल पुर्व विद्यार्थी मात्र नभएर संस्थापक परिवार सदस्य तथा विद्यालयलाई हरक्षण सम्झने, सहयोग गर्ने अशल शुभचिन्तक भएको भन्दै मुक्त कण्ठले प्रशंसा गर्नु भयो । आफ्नो कक्षा कोठामा आकर्षक घडि प्राप्त गरे पछि सबै कक्षाका लिडरहरुले जमरकट्टेललाई खादा ओडाएर सम्मान व्यक्त गरेका छन ।

