इरानका सर्वोच्च नेता खामेनीको मृत्यु भएको औपचारिक पुष्टि
काठमाडौं,१७ फागुन । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। इरानी राज्य नियन्त्रित टेलिभिजनले खामेनी मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको हो ।

८५ वर्षीय खामेनी सन् १९८९ देखि इरानको सर्वोच्च नेताका रूपमा शक्तिशाली पदमा आसिन थिए। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि खामेनी मारिएको बताएका थिए ।
आइतबार बिहान मात्रै इरानी अधिकारीहरूले पनि उनको मृत्यु भएको पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमहरुलाई उद्धृत गरेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ
सर्वोच्च नेता खामेनीको मृत्युपछि इरानमा ४० दिने सार्वजनिक शोक घोषणा भएको पनि रोटर्सले लेखेको छ।
अमेरिका र इजरायलले शनिबार संयुक्त रुपमा इरानमाथि हमला गरेका थिए । सो हमला खानेनीको निवासमा समेत भएको थियो । सोही क्रममा उनको निधन भएको बताइएको छ ।

