ओयव सिरियल ‘सपना’को २५ भाग पुगेको अवसरमा बिशेष कार्यक्रम



काठमाडौं,३ फागुन । टेलिसिरियल रिटायर हल्दारमा साधुराम पात्रको भूमिकाबाट लोकप्रिय बनेका पिताम्बर आचार्यले मोफलबाट निर्मित ओयव सिरियल ‘सपना’को २५ भाग पुगेको अवसरमा पूर्व मन्त्री बिक्रम पाण्डेको प्रमुख आतिथ्यतामा नारायणी कला मन्दिरको सभाहलमा बिशेष कार्यक्रमको आयोजना गरी केक काटेर मनाएको छ । कार्यक्रममा सिरियलका कलाकारलाई मायाको चिनो प्रदान गरिएको थियो ।

आचार्यको लेखन, निर्देशन रहेको ‘सपना’ नामक सिरियल हरेक शुक्रबारबाट पि. आचार्य युटूव च्यानल मार्फत प्रसारण हुदै आइरहेको छ ।

चितवनको बिभिन्न रमणीय स्थानमा छायांकन गरिएको ‘सपना’ सिरियलमा हरेक मान्छेले आफ्नो दैनिक जिवनमा देख्ने सपनालाई मूख्य कथावस्तु बनाई सन्देश मूलक र मनोरञ्जनात्मक प्रस्तुति रहने गरेकोले यो सफलता मिलेको निर्माता, निर्देशक पिताम्बर आचार्यले बताउनु भएको छ ।

सपना सिरियलमा पिताम्बर आचार्य, सुनिता आचार्य, पुष्प आचार्य, अमृतमान श्रेष्ठ, रमिला श्रेष्ठ, लक्ष्मण नेपाल, विशाल श्रेष्ठ, नवीन अधिकारी, मुक्ति अधिकारी, उत्तम कुमार श्रेष्ठ, इननाथ अधिकारी, युवराज बराल, सफल अधिकारी, कल्पना उपाध्याय, गोमा रिजाल, शोभा पाण्डे, प्रशान्त अर्याल, पप्पु कुमार गुप्ता, अर्नुन कुमाल, प्रज्वल मगराती, विनोद गुरुङ, पदम कार्की, सानुमायाँ वास्तोला, राजकुमार भुजेल, लक्ष्मी वास्तोला, सुमित्रा रेग्मी, मायाँ रेग्मी, टिकटक भाइरल विश्वसुन्दी, अफ्रिकन क्वीन आदिको अभिनय रहेको छ भने बाल कलाकारहरुमा सुवत लामिछाने, सिरोज पौडेल, कान्छि वास्तोला रहेका छन् । श्रृंगार सञ्जय लामा, छायांकन तथा सम्पादन आवाष रानाको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्