प्रति क्रेट झण्डै २ सय रुपैयाँले घट्यो अण्डाको मूल्य
काठमाडाैं,२६ माघ । अन्डाको मूल्य झण्डै २ सय रुपैयाँले घटेको छ ।नेपाल लेयर्स कुखुरापालक संघले साेमबारदेखि लागु हुने गरी अण्डाको मूल्य घटाएको हो। घटेको मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट अर्थात ३० वटाको ३ सय ७५ रुपैयाँ र मझौलाको ३ सय ३५ रुपैयाँ कायम भएको छ ।

यसअघि माघ २२ गते ठूलो अण्डा प्रतिक्रेट ४ सय ३५ रुपैयाँ र मझौलाकाे ४ सय ५ रुपैयाँ तोकिएको थियो । यहि माघ ११ गते ठूलो अण्डाकाे ४ सय ९५ रुपैयाँ र मझौलाको ४ सय ७५ रुपैयाँ पुगेको थियो । गत मंसिरमा अण्डाको मूल्य अहिलेसम्मकै उच्च भएको थियो । साेही समयमा फार्ममा ठूलो अण्डा प्रतिक्रेटकाे ५ सय ६५ रुपैयाँ र मझौलाको ५ सय ५० थियो ।
नेपालमा उत्पादन बढेको र यहि समयमा भारतबाट पनि अण्डा नेपाल भित्रिएपछि मूल्य घटेको संघका अध्यक्ष विनोद पोखरेलले जानकारी दिनुभयो । संघले देशैभरीका फर्मबाट मूल्य लिएर चितवनलाई आधार मानेर अण्डाको समर्थन मूल्य जारी गर्ने गर्दछ ।

