प्रदर्शनको तयारीमा चलचित्र ‘जाँड’



काठमाडौँ, १५ माघ । समाजमा जाँडले कस्तो प्रभाव गर्छ ? घरमा कस्तो असर पर्छ ? जाँड खाने पुरुषलाई श्रीमती,छोरी र समाजले हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने कुरालाई विषयवस्तुको रूपमा उठाइएको चलचित्र ‘जाँड’ प्रदर्शनको तयारीमा रहेको छ ।

पर्यटकीय नगरी नगरकोटको वरपर छायांकन गरिएको चलचित्र ‘जाँड’मा सुनिल प्रसाद श्रेष्ठ र राजेन्द्र भट्टको निर्माण रहेको छ । सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, मन्जु श्रेष्ठ, सुवास गजुरेल, लक्ष्मी तिमिल्सेना लगायतको अभिनय रहेको चलचित्रका निर्देशक राजु शाह हुन् ।

प्रतिक्रिया दिनुहोस्