सूर्य बिनायकको तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न
भक्तपुर,१५ माघ । सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यता तथा वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काको सभापतित्व रहेको थियो। विशिष्ट अतिथिमा उपप्रमुख सरिता तिमिल्सिना (भट्टराई) सहभागी हुनुहुन्थ्यो।
उद्घाटन समारोहमा राष्ट्रिय झण्डा फहराइँदै कार्यक्रम सुरु गरिएको थियो भने विभिन्न विद्यालयका स्वागत नृत्य तथा स्काउट मार्चपास प्रतियोगिताले कार्यक्रमलाई आकर्षक बनाएको थियो।
प्रमुख अतिथि नगर प्रमुख थापाले सबै वडामा कम्तीमा एक खेलमैदान निर्माण गर्ने र खेलकुद विकासका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रम समापन गर्दै संयोजक रविन्द्र सापकोटाले स्काउट मार्चपास प्रतियोगितामा प्रथम मनोरम स्कुल, द्वितीय इडेन गार्डेन स्कुल र तृतीय ज्योति माध्यमिक विद्यालय घोषित गर्दै सबैलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।