सुनुवार र सुनिताको ‘हेरेर पार्छु घायल’रोमान्टिक गीतको भिडियो सार्वजनिक (भिडियो सहित)



काठमाडौं, १३ माघ । लोकप्रिय गायक तथा संगीतकार पुष्कर सुनुवार र सुनिता राईको स्वरमा ‘हेरेर पार्छु घायल’ बोलको आधुनिक, रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

सुनिता राईको शब्द, संगीत, गायक सुनुवारकै संगीत संयोजन रहेको गीतको मिक्सिङ र मास्टरिङ विप्लव अधिकारीले गरेका हुन।भिडियोमा पुष्कर सुनुवार र सुनिता राईको अभिनय रहेको छ ।

मरुभूमि नारायणको छायांकन, मोहन सुनुवार ‘नबिन’ को सम्पादन रहेको भिडियो गायक सुनुवारको आफ्नै अफिसियल युटूव च्यानबाट सार्वजनिक गरिएको छ भने पोस्ट प्रोडक्सन मेलोडी नेपालमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्