कोसीबाट एमालेका पोर्तेल र मेचे राष्ट्रियसभामा सदस्यमा विजयी
विराटनगर,११ माघ। राष्ट्रियसभा सदस्यमा कोसी प्रदेशबाट एमालेका सोम पोर्तेल र रोशनी मेचे विजयी भएका छन् । तीन पदमा भएको निर्वाचनमा थापा यसअघि नै निर्वाचित भएका थिए । पोर्तेल र मेचे आइतबार भएको निर्वाचनबाट विजयी भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका खेम सुन्दास र नमिता न्यौपाने पराजित भएका छन् ।

थापा पूर्वमन्त्री हुन् । उनी संविधानसभा निर्वाचन २०७० मा धनकुटा निर्वाचन क्षेत्र नं २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित भएका थिए ।
एमालेले कोसी प्रदेशबाट दलित कोटामा राष्ट्रियसभाका लागि पोर्तेललाई उमेदवार बनाएको थियो । उनले झापा जिल्ला समन्वय समितिमा पाँच वर्ष कार्य गरेका थिए ।
रोसनी मेचे पनि झापाकै हुन् । उनी अल्पसंख्क मेचे समुदायबाट प्रतिनिधित्व गर्दै यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयमा कार्यरत थिइन् । मेचे ७१७३ मतभारसहित विजयी भएकी हुन् ।नेपाली कांग्रेसका सुनीलबहादुर थापा यस अघि नै निर्बिरोध निर्बाचित भएका थिए।
राष्ट्रियसभा निर्वाचनमा कोसी प्रदेशबाट ८७ जना प्रदेशसभा सदस्य र २५८ जना स्थानीय तहका पदाधिकारीले मतदान गरेका छन् । यसका लागि एमाले, कांग्रेस र जसपाको गठबन्धन भएको थियो

