गगनले छोडे काठमाडौं,सर्लाही- ४ बाट चुनाव लड्ने
काठमाडौं,६ माघ । नेपाली कांग्रेसका महामन्त्री गगन थापा सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् । आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि थापाले आफ्नो निर्वाचन क्षेत्र परिवर्तन गर्ने निर्णय गरेका हुन् ।

यसअघि थापाले काठमाडौं–४ बाट तीन पटक चुनाव जितिसकेका छन् । यसपटक भने उनले सर्लाही–४ बाट चुनाव लड्ने तयारी गरेका छन् ।

