आधिकारिकताको निर्णय सच्याउन माग गर्दै तरुण दल सडकमा,पार्टीका नेता सर्बोच्चतिर



काठमाडौं,४ माघ । नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले शेरबहादुर देउवा समूहका तर्फबाट विरोध प्रदर्शन थालेकोे छ । पार्टीको विशेष महाधिवेशनलाई मान्यता दिने आयोगको निर्णय असंवैधानिक र पूर्वाग्रही भन्दै अध्यक्षसहित तरुण दलको टिम आइतबार (माघ ४) प्रदर्शनमा उत्रिएको हो ।

काठमाडौंको माइतीघरमा यति बेला (बिहान साढे ११ बजे) उनीहरूको प्रदर्शन जारी छ । उनीहरूले आयोगको निर्णय सच्याउन माग गरेका छन् ।

उता,गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध रिट लिएर देउवा पक्षधर सर्वोच्च पुगेको हो। अहिले रिट अध्ययनको क्रममा रहेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए।

‘आधिकारिकताका विषयमा आयोगमा उल्लेख नभएका व्यक्तिहरूले दिएको निवेदनलाई औपचारिकता दिएर मूल नेपाली कांग्रेसलाई सोध्दा पनि नसोधेर जे ढंगबाट निर्णय आयो, त्यो बदनियतपूर्ण छ। संविधान,प्रचलित कानुन र कांग्रेसको विधान विपरीत छ। त्यसलाई खारेजीको माग गर्दै रिट दायर गरेका छौं,’उनले भने,’ चाँडै पेशी सूचीमा चढ्छ भन्ने आशा छ।’

प्रतिक्रिया दिनुहोस्