वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि होटल फरेष्ट इनले खोल्यो आईपिओ
काठमाडौं,४ माघ । होटल फरेष्ट इनले आज माघ ४ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरेको छ ।

नेपाल धितोपत्र बोर्डले होटललाई ४० करोड रुपैयाँबराबरको अर्थात १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता सेयर जारी गर्न अनुमति दिएको छ। त्यसमध्ये १० प्रतिशतले हुन आउने ४ लाख कित्ता सेयर होटलले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्कासन गरेको हो।
वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा २ लाख कित्ता सेयरका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका शाखा र सीडीएससीको मेरो सेयरबाट दिन सकिनेछ।
यस आईपीओ निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।
यस होटलको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

