अनुरिका गिरी ‘युवा प्रतिभा पत्रकारिता सम्मान २०८२’बाट सम्मानित



काठमाडौं,४ माघ । सबैभन्दा सानो उमेरमा नेपालमा अङ्ग्रेजी भाषामा टेलिभिजनमा कार्यक्रम सन्चालिकाको रुपमा कार्यक्रम चलाइरहेकी अनुरिका गिरि राजधानीमा आयोजित सम्मान कार्यक्रममा ‘युवा प्रतिभा पत्रकारिता सम्मान २०८२’बाट सम्मानित भएकी छिन।

राष्ट्रिय नागरिक बिकास समाज र स्वतन्त्र पत्रकार संघ द्वारा संयुक्त रुपमा आयोजना गरिएको कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भएका ब्यक्ति हरुलाइ पुर्व उप सभामुख इन्दिरा रानामगरले सम्मान गर्नु भएको हो।

यो हो एच डि टेलिभिजनमा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा समाजका बिशिस्ट ब्यक्तित्व एवम बिदेशी कुटनितीज्ञहरु सङ्ग विभिन्न बिषयहरुमा अन्तर्क्रीया कार्यक्रम चलाइरहेकी अनुरिका गिरिलाइ सानै उमेरमा टेलिभिजनमा उत्कृष्ट प्रस्तुति दिन सफल भएकोमा रास्ट्रीय नागरिक बिकास समाज एवम स्वतन्त्र पत्रकार संघ ले सम्मान गरेको हो।
सो समारोहमा बोल्नु हुँदै प्रमुख अतिथी रानामगर ले समाजका विभिन्न क्षेत्रका ब्यक्तित्व हरुलाइ सम्मान गर्न पाउनु खुशी को कुरा हो भन्दै आफुले पनि सानै उमेरदेखी समाजसेवा गर्द आएको बताउनु भयो।उहाँले अनाथ बालबालिका हरुको संरक्षण गर्ने क्षेत्रमा आफुले गरेको कामको चर्चा गर्दै आज समाजको यस्तै क्षेत्रमा काम गरीरहनु भएका धेरै संस्था एवम समाजसेवी हरुलाइ सम्मान गर्न पाउनु गौरवको विषय हो भन्दै अझै बढी यो क्षेत्रमा योगदान पुर्याउन अनुरोध गर्नु भयो।

सो सम्मान कार्यक्रममा समाजका विभिन्न क्षेत्र हरुका तर्फबाट पर्यटन बिद, शिक्षा सेवि युवा उद्धमी,पत्रकारिता एवम कला क्षेत्रमा रहेर योगदान पुर्याउनु भएका १५ जनालाई सम्मान गरिएको थियो।
सो कार्यक्रमको सभापतित्व राष्ट्रिय नागरिक समाजका अध्यक्ष महेश जङ्ग कुँवरले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्