सरकार र दुर्गा प्रसाईंबीच २७ बुँदे माग र सवालहरूका विषयमा हस्ताक्षर



काठमाडौँ,२ माघ । काठमाडौं । सरकार र नागरिक बचाउ महाभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । शुक्रबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपालद्वारा प्रस्तुत गरिएका २७ बुँदे माग र सवालहरूका विषयमा हस्ताक्षर भएको हो।

सिंहदरबारमा भएको वार्तामा प्रसाईँको समूहले राखेका २७ बुँदे माग र सवालमा सरकारको तर्फबाट सञ्चारमन्त्री जगदीश खरेल र महाअभियानका अध्यक्ष प्रसाईँले हस्ताक्षर गरेका छन् ।

दुई पक्षको बिचमा हस्ताक्षर भएको प्रधानमन्त्री सुशीला कार्कीका प्रेस सल्लाहकार राम रावलले बताए । सरकारको तर्फबाट वार्ता समितिका संयोजक समेत रहेका मन्त्री खरेलले २७ बुँदे माग र सवालहरूमा हस्ताक्षर गरेका हुन् ।

प्रसाईँले यसअघि आफ्ना माग पुरा नभएको भन्दै फागुन १ बाट आन्दोलन घोषणा गरेका थिए । शुक्रबार दिउँसो देखी सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्की र प्रसाईँले छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्