काठमाडौँ महानगर प्रहरी बलका प्रमुख पाण्डेले दिए राजीनामा, सक्रिय राजनीतिमा सहभागी हुने
काठमाडौँ,२ माघ । काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जानकारी दिएका हुन्।

पाण्डेका अनुसार माघ ३ गतेसम्म उनी बहाल रहनेछन्। ‘माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको हुँ,’ उनले भने।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने तयारीका साथ पाण्डे सक्रिय राजनीतिमा प्रवेश गर्न लागेका छन्।

