नव निर्बाचित कांग्रेसको सिंगो केन्द्रीय समिति आज निर्बाचन आयोग जाँदै
काठमाडौं,२ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचन सभापति गगन थापासहितको सिङ्गो केन्द्रीय समिति निर्वाचन आयोग जाने तयारी गरेको छ ।

देउवा पक्षले आयोगमा कांग्रेसको वैधानिकता आँफूसँग रहेको भन्दै दबाव दिएपछी गगन नेतृत्वको समुह आयोग जाने भएको हो ।
चुनाव चिन्ह लगायतको विषयमा छलफलको लागि बोलाएकाले दिउँसो २ बजे जाने लागेको जनाइएको छ । थापा नेतृत्वको कार्यसमितिले हिजो आयोगमा पुगेर आधिकारिकता दाबी गरेको थियो।

