गगन थापाले निर्वाचन आयोगमा बुझाए नयाँ नेतृत्व चयनबारेको विवरण
काठमाडौं,१ माघ ।विशेष महाधिवेशनबाट गठन भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिबारे सभापति गगन थापाले निर्वाचन आयोगमा विवरण बुझाएका छन्।

बिहीबार निर्वाचन आयोग पुगेर थापाले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई अध्यावधिक गर्न विवरण बुझाएका हुन्। निर्वाचन ऐनअनुसार, नयाँ नेतृत्व चयनबारे आयोगलाई जानकारी गराएको थापाले बताए।
आयोगलाई कागजात बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै थापाले भने, ‘अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका हौंँ। नयाँ कार्यसमिति गठनबारे पुष्टि हुने सबै कागजात बुझाएका छौँ।’
केही दिनभित्रै आयोगले अध्यावधिक गर्ने विश्वास लिएको उनको भनाइ थियो। माघ ६ गते प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको समय रहेको उल्लेख गर्दै थापाले भने, ‘निर्वाचन आयोगले अध्यावधिक गर्छ भन्ने कुरामा सम्पूर्ण विश्वास छ।

