गगन नेतृत्वको कांग्रेसमा चालिसेलाई प्रबक्ताको जिम्मेवारी



काठमाडौं,१ माघ । नेपाली कांग्रेसको नयाँ विशेष महाधिवेशनपछि गठन भएको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले देवराज चालिसेलाई पार्टीको प्रवक्ता नियुक्त गरेको छ ।

विशेष महाधिवेशन सम्पन्न भएसँगै बसेको कार्यसमितिको प्रारम्भिक बैठकले सङ्गठनात्मक जिम्मेवारी बाँडफाँड गर्ने क्रममा चालिसेलाई प्रवक्ताको जिम्मेवारी दिएको हो ।

अब पार्टीका निर्णय, धारणा र गतिविधिबारे आधिकारिक रूपमा जानकारी गराउने जिम्मेवारी अब चालिसेले सम्हाल्ने छन् ।

प्रतिक्रिया दिनुहोस्