५ बजेसम्मका लागि थपियो कांग्रेस बिशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको समय,वार्ता पनि जारी
काठमाडौं,२९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचन समितिले उम्मेदवार मनोनयनको समय थप गरेको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीका अनुसार दिउँसो ३ बजेसम्मका लागि भनिएको तालिका ५ बजेसम्मका लागि थपिएको हो । निर्वाचन समितिले सभापतिको उम्मेदवार बन्न ३० हजार,उपसभापति र महामन्त्री पदका लागि २५ हजार,सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार शुल्क तोकिएको छ ।
निर्वाचन समितिका अनुसार सभापतिका लागि अहिलेसम्म तीनवटा फारम गइसकेको छ। तर ती फारम कसका लागि लगिएको हो खुलेको छैन। कांग्रेसका सभापतिका लागि देउवा समूहबाट पूर्णबहादुर खड्का, शेखर समूहबाट शेखर कोइराला र गगन थापा आकांक्षी छन्। तर विशेष महाधिवेशनमा खड्का र शेखर सहभागी छैनन्।
संस्थापन पक्षीय नेताहरूसँग निरन्तर छलफल चलिरहँदा निर्वाचनका कार्यक्रम अघि बढाइएको हो ।विशेष महाधिवेशन विवाद मिलाएर पार्टीलाई निकास दिन त्रिपक्षीय वार्ता पनि चलिरहेको छ । टोलीका सदस्यहरू छलफलमा जुटेका छन् । यसअघि बिहान पनि छलफलमा जुटेका नेताहरूबीच सहमति जुटेको थिएन ।
सानेपामा केन्द्रीय समितिको बैठक पनि बसिरहेको छ ।

