वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ सम्मानका साथै ‘स्वरकी रानी’ उपाधि
काठमाडौं,२९ पौष । वरिष्ठ गायिका ज्ञानु राणालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’प्रदान गरिनुका साथै ‘स्वरकी रानी’ उपाधिद्वारा विभूषित गरिएको छ।

नेवा: साधना कला केन्द्रद्वारा आयोजित एक भव्य सांगीतिक समारोहमा प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले राणालाई ”लाइफ टाइम एचिभमेन्ट अवार्ड’का साथै ‘स्वरकी रानी’ उपाधिद्वारा विभूषित गरेका हुन्।
कार्यक्रममा वरिष्ठ गायिका राणाको जादुमय गायनका साथै वाद्यवादनको सुमधुर धुन र आकर्षक नृत्यको बेजोड प्रस्तुतिले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।

