कांग्रेस बिशेष महाधिवेशनमा ६२.४ प्रतिशत प्रतिनिधिले दर्ता गराए नाम



काठमाडौं,२७ पौष ।नेपाली कांग्रेसको विशेष महाधिवेशन उद्घाटन समारोहमा ६२.४ प्रतिशत महाधिवेशन प्रतिनिधिले सहभागिता जनाउँदै नाम दर्ता गराएका छन्।

पार्टीका कुल ४ हजार ७ सय ४३ प्रतिनिधिमध्ये ६२ प्रतिशत समारोहमा उपस्थित भएका हुन्।

यसअघि असोज २९ गते ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग उठेको थियो। संस्थापन पक्षले बेवास्ता गरेपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्