पूर्बमन्त्री एबम् बरिष्ठ पत्रकार होमनाथ दाहालको निधन



काठमाडौं,२६ पौष ।पूर्बमन्त्री एबम् वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ।८४ वर्षका दाहालको बिहिवार सांझ निधन भएको हो। केही समयदेखि अस्वस्थ थिए, र पुस २५ गते साँझ वीर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

ओखलढुंगा जिल्लाका रामपुरमा जन्मेका दाहाल नेपाली कांग्रेस प्रजातान्त्रिकका प्रवक्ता तथा पूर्व कृषिमन्त्री पनि थिए। उनको योगदान नेपाली पत्रकारिता र राजनीति क्षेत्रमा अविस्मरणीय रहन्छ।

दाहालकी धर्मपत्नी सुधा दाहाल पनि बिरामी परेर वीर अस्पतालमा उपचाररत छन्। उनीसँग दुई छोरा, डा. सुधाम्शु दाहाल र हिमाम्सु छन्।

आज बिहान ७ बजेदेखि ९ बजेसम्म उनका निजी निवास (मैतीदेवी नजिक धोवीखोलापट्टी) मा श्रद्धान्जलि अर्पण गरिनेछ, र ९:३० बजे पशुपति आर्यघाटमा श्रद्धान्जलि तथा दाह संस्कार गरिने पारिवारिक स्रोतले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्