कारागार चलान भए चार महिने छोराका हत्या आरोपी नेपाल प्रहरीका असई कार्की
काठमाडौं,२३ पुस। चार महिने छोराको हत्या आरोपमा समातिएका नेपाल प्रहरीका असई पुष्कर कार्की कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानका आदेश दिएपछि उनी सुन्धारास्थित केन्द्रीय कारागार जग्गनाथदेवल चलान भएका हुन् । सिनामंगलस्थित आफ्नो कोठामा चार महिने छोराको हत्या गरेर भागेको अवस्थामा नागढुंगाबाट असई कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो ।
कार्कीले सिनामंगलस्थित आफ्नो डेरा कोठामा घाँटी थिचेर र धारिलो हतियार प्रहार गरेर हत्या गरेका थिए ।ब्रेन ट्युमरको उपचार गराइरहेका छोराको उपचारका क्रममा श्रीमती र पुष्करको विवाद भएको थियो । त्यसपछि उनले छोराको हत्या गरेको प्रहरीले बताएको थियो ।
पुष्करकी श्रीमती पनि प्रहरी जवान हुन् ।

