पिकनिकबाट फर्कदैं गरेको बस १०० मिटर तल खस्यो,२२ जना घाइते



काठमाडौं,२३ पौष । पिकनिकबाट फर्किंदै गरेको बस काठमाडौंको शंखरापुर नगरपालिका-३ फेदी जंगलमा बुधबार साँझ दुर्घटना भएको छ ।

जर्सिङपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कंदै गरेको बा ४ ख ८७८८ नं. को महानगर यातायातको बस सडकबाट करिब १०० मिटर तल खसेको हो । घटनास्थलबाट सबै जनालाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी एसपी नरेशराज सुवेदीले जानकारी दिए । बस घटनास्थलमै रहेको छ ।

बसमा ४० जना जति सवार रहेको अनुमान अनुमान गरिएको छ । दुर्घटनामा परि २२ जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्