काठमाडौंका १० वटै क्षेत्रमा एमालेले गर्यो उम्मेदवार सिफारिस
काठमाडौं,२३ पौष । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) काठमाडौंले १० वटै क्षेत्रका उमेदवार सिफारिस गरेको छ ।

जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार क्षेत्रबाट आएका नामका आधारमा जिल्लाले केन्द्रमा प्रस्ताव गरेको हो । वर्तमान जनप्रतिनिधिलाई उमेदवार बनाउन नहुने सुझाव पेस गरिएको निरौलाले जानकारी दिए ।
निरौलाका अनुसार क्षेत्र नम्बर १ मा मोहन रेग्मी, शर्मिला कार्की, सरोज ढकाल, क्षेत्र नम्बर २ मा मणिराम फुयाल,क्षेत्र नम्बर ३ मा रामेश्वर फुयाल,कृष्ण राई र शान्ति क्षेष्ठ,क्षेत्र नम्बर ४ मा डा. राजन भट्टराई र काठमाडौं- ५ मा ईश्वर पोखरेलको एकल नाम सिफारिस भएको छ ।
यसैगरी,क्षेत्र नम्बर ६ मा अमन कुमार मास्के, रामेश्वर बोहोरा र रुक्मिणी भण्डारी,क्षेत्र नम्बर ७ मा सपना अर्याल, प्रेमलाल श्रेष्ठ र प्रकाश श्रेष्ठ,काठमाडौं ८ मा राजेश शाक्य,काठमाडौं ९ मा कृष्णगोपाल श्रेष्ठ, अजय क्रान्ति शाक्य र मिना काफ्ले तथा क्षेत्र नम्बर १० मा विनोद श्रेष्ठ, सुरेन्द्र मानन्धर र सरस्वती खड्काको नाम सिफारिस भएको उनले बताए ।

