एमाले सोलुले गर्‍यो प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस



सोलुखुम्बु,२१ पौष । नेकपा एमाले सोलुखुम्बुबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस भएको छ।

नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको आज बसेको बिस्तारित बैठकले कल्पना राई,डुफ कुमार बास्तोला,वीर उदास श्रेष्ठ,मानबीर राई र सूर्यकुमारी सुनुवारको नाम पनि बैठकले सिफारिस गरेको छ। सिफारिस भएका ब्यक्तिहरुको नाम प्राथमिकताका आधारमा नभई बर्णानुक्रम अनुसार राखिएको जनाईएको छ ।

सिफारिस भएका मध्य मानबीर पूर्ब रक्षामन्त्री एबम् नेकपा एमाले केन्द्रीय कमिटी सदस्य,डुफकुमार जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष,
कल्पना जिल्ला कमिटी सचिब,,वीर उदास जिल्ला सचिवलय सदस्य र सूर्य कुमारी कोशी प्रदेश कमिटी सदस्य हुन्।

श्रोतका अनुसार जिल्लाका ८ वटा स्थानीय तह मध्ये कल्पनालाई पाँच,मानबीरलाई चार,वीर उदासलाई चार स्थानीय कमिटी र जनसंगठन र डुफकुमार लाई एक स्थानीय तहले सिफारिस गरेका थिए।

प्रतिक्रिया दिनुहोस्