पबित्रा राउतको उपचारका लागि संकलित एक लाख १५ हजार नगद हस्तान्तरण
काठमाडौं,२१ पौष । भक्तपुर ईन्टरनेशनल अस्पताल भक्तपुरमा उपचाररत बालिका पबित्रा राउतको उपचारका लागि एक लाख १५ हजार नगद हस्तान्तरण गरिएको छ।

केहि दिनअघि घरकाे तल्लावाट लडेर टाउकाेमा गम्भीर चाेट लागेपछि त्यसको उपचार गराईरहेकी राउतका बुवा शम्भु राउतलाई अस्पतालमै पुगेर सो सहयोग रकम हस्तान्तरण गरिएको स्थानीय युवा बाबुराम आचार्यले जानकारी दिए।
नेचा सल्यान-३ सोलुखुम्बु निवासी राउतको उपचारमा आर्थिक अभाव भएपछि स्थानीय युवाको अगुवाईमा सो रकम संकलन गरिएको हो। आज विहान अस्पतालमै पुगेर नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य तथा पर्यटन विभाग प्रमुख आङगेलु शेर्पा, सोलुखुम्बु प्रदेशसभा ‘ख’नेपाली कांग्रेसका सभापति तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पा,समाजसेवी बाबुराम आचार्य,निराजन शर्मा,अशाेक देवकोटा,ईन्द्र वास्ताेला सहितकाे उपस्थितिमा सो सहयोग परिवारलाई हस्तान्तरण गरिएकाे आचार्यले बताए।
मिसन अस्पताल ओखलढुंगामा उपचार सम्भव नभएपछि राउतलाई काठमाडौँ रिफर गरिएकाे थियाे । विरामी बालिका पबित्राकी आमाको दुई बच्चालाई जन्म दिएपछि गत साल मिसन अस्पतालमा मृत्यु भएकाे थियाे । उनका ४ जना भाइ बहिनी छन ।
यसबीच,काङ्ग्रेस केन्द्रीय सदस्य आङगेलु शेर्पाको विशेष अनुराेधमा नेपाली काङ्ग्रेसका क्षेत्रीय सभापति तथा टानका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले शम्भु राउतका २ जना वच्चाहरुकाे अध्ययनमा सहयाेग गर्ने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

