रास्वपा केन्द्रीय सदस्यमा बालेन टिमबाट २७ र उज्यालो नेपालबाट १२ जना थपिने



काठमाडौं,२० पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा बालेन साहको टिमबाट २७ जना र उज्यालो नेपालको टिमबाट १२ जना थप्ने सहमति भएको छ। यससँगै केन्द्रीय समितिमा कुल ३९ जना नयाँ सदस्य थपिने भएका छन्।

आज बसेको रास्वपाको केन्द्रीय समिति बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको हो। हाल रास्वपाको केन्द्रीय समिति ५८ सदस्यीय रहेको छ।

यसअघि आजै विवेकशील साझा पार्टीबाट आएका ७ जना केन्द्रीय समितिमा समेटिएका थिए।

उज्यालो नेपाल र बालेन साहको टिमबाट थप हुने सदस्यसमेत जोडिँदा अब रास्वपाको केन्द्रीय समिति १०४ सदस्यीय बन्नेछ।

प्रतिक्रिया दिनुहोस्