दिल्ली हानिए नेकपाका संयोजक दाहाल
काठमाडौं,२० पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

प्रचण्डको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाजमार्फत ३ बजे त्यतातिर प्रस्थान गरेका हुन् ।
नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने ‘एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम’मा सहभागी हुन दिल्ली प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
नेपाली समुदायका साझा सरोकार,नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे सोमबार हुने कार्यक्रममा प्रचण्डले सहभागिता जनाउने सचिवालय सदस्य गोविन्द आचार्यले बताए ।
कार्यक्रम सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँदिल्लीमा हुने जनाइएको छ ।
नेकपा संयोजक प्रचण्डले दिल्ली प्रस्थान गर्नुअघि आजै मध्यान्ह नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

