जेन जी आन्दोलनपछि पहिलो पटक ओली-दाहाल भेटवार्ता



काठमाडौं,२० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज वार्ता भएको छ । जेनजी आन्दोलनपछि दुई नेताबीच भएको यो सम्भवतः पहिलो द्विपक्षीय भेट हो ।

ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकैको एक घरमा भएको भेटमा दुवै नेताबीच सौहार्दपूर्ण छलफल भएको बताइएको छ । छलफलमा सरकारले चुनावी वातावरण बनाउनुको साटो दल तथा शीर्ष नेतामाथि मानमर्दन गरेको विषयमा दुवै नेताले समीक्षा गरेका छन् ।

नेकपा संयोजक प्रचण्डका सचिवालय प्रमुख गोविन्द आचार्यका अनुसार समसामयिक राजनीतिक विषयमा दुई नेताबीच गहन छलफल भएको हो । छलफलमा आसन्न निर्वाचनको वातावरण निर्माण, राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना तथा सरकारले चुनावी वातावरण बनाउन नसकेको विषय उठाइए पनि कुनै ठोस निष्कर्षमा भने नपुगेको बताइएको छ ।

प्रचण्ड आज दिल्ली प्रस्थान गर्नुअघि अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्