श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या प्रयास



उदयपुर,२० पौष । उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चोकमा श्रीमतीको हत्या गरेर श्रीमानले आइतवार बिहान आत्महत्याको प्रयास गरेको छ । श्रीमान–श्रीमती बिच झगडा हुँदा श्रीमान ३० बर्षीय खगेन्द्र राईले २७ बर्षीय भावना भन्ने गंगा राईलाई छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत प्रहरी नायब उपरिक्षक (डिएसपी) केदारमान दोङले जानकारी दिए ।

आइतबार बिहान ८ बजेको समयमा छुरा प्रहारबाट गम्भीर घाइते भएकी गंगाको ९ बजेर ५० मिनेटमा विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) धरानमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

श्रीमतीलाई छुरा प्रहार गरेका राईले आङ्खनै शरीरमा समेत छुरा प्रहार गरी आत्महत्याको प्रयास गरेपछि स्थानीयले तत्काल उपचारको लागि बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएकोमा हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली खटिई थप अनुसन्धान भइ रहेको छ । उनको प्रहरीको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्