राप्रपा दाङ क्षेत्र ३ (प्रदेशसभा क) को अधिवेशन सम्पन्न, लक्ष्मण केसीको नेतृत्वमा नयाँ समिति



तुलसीपुर,१८ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ जिल्ला निर्वाचन क्षेत्र नं ३ अन्तर्गत प्रदेशसभा ‘क’ को अधिवेशन आज तुलसीपुरमा सम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण केसीको अध्यक्षतामा १९ सदस्यीय नयाँ प्रदेश कार्यसमिति सर्वसम्मत रूपमा गठन गरेको छ।

नवगठित कार्यसमितिको सदस्यहरूमा भूपाल रावत, वंशीकुमार शर्मा, दीपक धिताल, मधुसुदन केसी,गेहेन्द्र बस्नेत, दीपजंग केसी, प्रेमबहादुर शाह, सर्मिला डिसी, छोटीलाल थारु, भरतराज आचार्य, सुधिर गुरुङ, रोजिल गिरी, प्रेमबहादुर नेपाली, प्रकाश भट्टराई, रामबहादुर बुढाथोकी, रामेश्वर भण्डारी, प्रकाश डागी र दिलमाया परियार रहेका छन्।

यसअघि दाङका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भइसकेको र निर्वाचन क्षेत्र नं। १ अन्तर्गत प्रदेशसभा ‘क’ मा वलिराम लोहत तथा ‘ख’ मा शेषमणि घिमिरेको अध्यक्षतामा कार्यसमिति चयन भइसकेको राप्रपा दाङ निर्वाचन समितिका सदस्य कमल न्यौपानेले जानकारी दिए। अन्य निर्वाचन क्षेत्रमा भने कार्यतालिका अनुसार अधिवेशन प्रक्रिया जारी रहेको उनले बताए।

अधिवेशनलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य मधुसुदन केसीले राप्रपा र राप्रपा नेपालको एकता राष्ट्रवादी शक्तिको एकीकरण भएको उल्लेख गरे। उनले राप्रपालाई वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित पार्टी भएको बताउँदै हिन्दु राष्ट्र र राजसंस्था पार्टीका मुख्य एजेन्डा रहेको स्पष्ट पारे। सबै हिन्दुवादी शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै पार्टी देशव्यापी रूपमा संगठन विस्तारमा जुटेको उनले बताए।

केसीले पार्टीभित्र नैतिकता, संस्कार र अनुशासन अनिवार्य रहेको उल्लेख गर्दै नेतृत्वविरुद्ध अनुशासनहीन गतिविधि गर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने धारणा राखे। पार्टी विधि र विधानअनुसार चल्नुपर्ने भन्दै पदिय मर्यादा विपरीतका गतिविधि स्वीकार्य नहुने उनले स्पष्ट पारे।

अधिवेशनका बिशिष्ठ अथिती लुम्बिनी प्रदेशका उपाध्यक्ष भूपाल रावतले राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्र मुलुकले निकास पाउन सक्ने बताए। उनले निषेधको राजनीतिले देशलाई अघि बढाउन नसक्ने धारणा राख्दै पार्टी अधिवेशनमार्फत नयाँ ऊर्जा सहित अघि बढेको उल्लेख गरे।

जिल्ला उपाध्यक्ष प्रेमबहादुर शाहले पार्टीमा सबै साथीलाई समेटेर अघि बढ्नुपर्ने बताए। दाङमा राप्रपाको संगठन बलियो सम्भावना हुँदाहुँदै कमजोर देखिएको उल्लेख गर्दै अब आउने नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने उनको भनाइ थियो। युवा नेता रोजिल गिरीले जेन–जी पुस्ताको भावना बुझेर उनीहरूलाई समेट्न सके पार्टी अझ बलियो बन्ने धारणा राखे।

दाङ निर्वाचन क्षेत्र नं ३ का अध्यक्ष छोटीलाल थारुको स्वागत मन्तव्यबाट सुरु भएको अधिवेशनको सञ्चालन वंशीकुमार शर्माले गरेका थिए। कार्यक्रम प्रदेश कार्यसमितिका अध्यक्ष लक्ष्मण केसीको अध्यक्षता तथा केन्द्रीय सदस्य मधुसुदन केसीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। अन्त्यमा तुलसीपुर उपमहानगरपालिकाका अध्यक्ष पर्वत बस्नेतले धन्यवाद ज्ञापन गरेका थिए।

अधिवेशनमा प्रदेश कार्यसमिति, तुलसीपुर उपमहानगरपालिका कार्यसमिति, तुलसीपुरका ११ वडाका प्रतिनिधि तथा विभिन्न तहका नेता–कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो।

राप्रपा दाङ निर्वाचन क्षेत्र ३ क प्रदेशसभा अधिवेशन सम्पन्न, १९सदस्यीय नयाँ कार्यसमिति गठन

तुलसीपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) दाङ जिल्ला निर्वाचन क्षेत्र न ३ प्रदेश सभा क को अधिवेशन आज तुलसीपुरमासम्पन्न भएको छ। अधिवेशनले लक्ष्मण केसीको अध्यक्षतामा १९ सदस्यीय प्रदेश कार्यसमिति गठन गरेको हो ।
नवगठित समितिको सदस्यमा भूपाल रावत, वंशीकुमार शर्मा, दीपक धिताल, मधुसुदन केसी, गेहेन्द्र बस्नेत, दीपजंग केसी, , प्रेमबहादुर शाह, सर्मिला डिसी , छोटीलाल थारु, भरतराज आचार्य,सुधिर गुरुङ, रोजिल गिरी, प्रेमबहादुर नेपाली, प्रकाश भट्टराई, रामबहादुर बुढाथोकी, रामेश्वर भण्डारी , प्रकाश डागी र दिलमाया परियार चयन भएका छन्।
यसअघि दाङका सबै स्थानीय तहमा अधिवेशन सकिएपछि प्रदेशसभा निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र १ प्रदेश सभा क को अध्यक्षमा वलिराम लोहत र ख मा शेषमणि घिमिरेको अध्यक्षता नयाँ कार्यसमिती चयन भैईसकेका छन भने अरु प्रदेशहरुमा अधिवेशन कार्यतालिका अनुसार भैइरहेकोे राप्रपा दाङ निर्वाचन समितिका सदस्य कमल न्यौपानेले जानकारी दिए। दाङ जिल्ला निर्वाचन क्षेत्र न ३ प्रदेश सभा क को अधिवेशन अधिवेशनलाई सम्बोधन गर्दै राप्रपाका केन्द्रीय सदस्य मधुसुदन के सीले राप्रपा र राप्रपा नेपालको एकता राप्रपा राष्ट्रबादी शतिm भएको छ । राप्रपा वैकल्पिक प्रजातान्त्रिक शक्तिका रूपमा स्थापित पार्टी भएको बताउँदै हिन्दु राष्ट्र र राजसंस्था पार्टीका मुख्य एजेन्डा रहेको उल्लेख गरे । उनले सबै हिन्दुवादी शक्तिलाई एकजुट भएर अघि बढ्न आग्रह गर्दै पार्टी देशव्यापी रूपमा संगठन विस्तारमा जुटेको बताए ।

उनले पार्टीभित्र नैतिकता, संस्कार र अनुशासन अनिवार्य भएको उल्लेख गर्दै नेतृत्वप्रति अनुशासनहीन गतिविधि गर्ने जोकोहीलाई कारबाही गरिनुपर्ने धारणा राखे । पार्टी विधि र विधानअनुसार चल्नुपर्ने भन्दै पदिय मर्यादा भुलेर गरिने मनपरी व्यवहार स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

अधिवेशनमा लुम्विनी प्रदेशका उपाध्यक्ष भुपाल रावतले
राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीचको समझदारीबाट मात्रै मुलुकलाई निकास दिन सकिने बताएका छन । उनले निषेधको राजनीतिले मुलुकलाई अघि बढाउनसक्ने बताए । रावतले पार्टी अधिवेशनमा होमीएको छ । यसमा सवै साथीहरु मिलेर अघाडी बढनु पर्ने धारणा राखे ।

जिल्ला उपाध्यक्ष प्रेम बहादुर शाहले अधिवेशनमा जो आए पनि पार्टी के साथी आउने भएकोले सवै मिलेर जानु पर्ने बताए । शाहले दाङमा राप्रपाको संगठन बलियो हुन्दा हुन्दै पनि कमजोर भएकोले अव आउने नेतृत्वले सवैलाई मिलाएर लग्नु पर्ने बताए । युवा नेता रोजील गीरीले जेन्जीको भावना बुझनु पर्ने र जेन्जी प

प्रतिक्रिया दिनुहोस्