राजनीतिले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो समात्न सक्ने बास्कोटाको चिन्ता



काठमाडौं,१८ पौष । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाली राजनीतिले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो समात्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

नेपाल राजनीतिमा पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हालेको बताउंदै बास्कोटाले सामाजिक सञ्जालमार्फत सो चिन्ता व्यक्त गरेका हुन्।अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाउँदा यो परिणाम आएको उनको भनाई छ ।त्यसको परिणामकै कारण घृणाले सीमा नकाटोस् भन्ने कामना उनले गरेका छन्।

‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट सङ्केत दिन थालेका छन्’, सामाजिक सञ्जाल फेसबुकमा नेता बास्कोटाले लेखेको छन्, ‘यो अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो।त्यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्।’

प्रतिक्रिया दिनुहोस्