अनशनरत डा. निकोलस भुसाल पक्ष र सरकारबीच सिंहदरबारमा वार्ता सुरु
काठमाडौं,१७ पौष। सरकार र कमल भुसाल (डा. निकोलस भुसाल) पक्षबीच वार्ता सुरु भएको छ।

विभिन्न माग राख्दै अनसनमा बसेका भुसाल नेतृत्वको समूहसँग वार्ताका लागि सरकारले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार अजयभद्र खनालको संयोजकत्वमा वार्ता समिति गठन गरे लगत्तै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बार्ता सुरु भएको हो।
वार्तामा सरकारको तर्फबाट संयोजक खनाल,प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार गोविन्दनारायण तिमिल्सिना,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा. भिष्मकुमार भुसाल तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र भुसालको तर्फबाट जेनजी अगुवा अजय सोडारीलगायत सहभागी छन् ।

