बिराटनगरमा कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको स्मरण
विराटनगर,१५ पौष । छन्द वाटिका नेपाल र स्रष्टा समाज कोशी प्रदेशको संयुक्त आयोजनामा कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म जयन्ती तथा नेपाल स्रष्टा समाजको १९ औँ स्थापना दिवस मनाइएको छ ।

स्रष्टा समाजका अध्यक्ष कृष्णप्रसाद मार्सेलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि साहित्यकार प्रा डा हरिहर भण्डारी,छन्दवाटिका नेपालका अध्यक्ष समालोचक हरि कट्टेल,मुक्तक प्रतिष्ठानका अध्यक्ष तथा समालोचक बाबुराम पोखरेल लगायतका बक्ताहरुले कवि शिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा परिचर्चा गरेका थिए ।
त्यसैगरी कार्यक्रममा कवि उमानाथ भट्टराई,कवि उमानाथ सागर ,निर्मला कोइराला,ऋ्षि तिवारी,निर्मला नेपाल,पुष्पा सायरा,कविता चापागाईं,मञ्जु घिमिरे दाहाल,सविना श्रेष्ठ,प्रयाग न्यौपाने,रोहिणी रसिक,भूपाल अधिकारी,कुमार श्रेष्ठ,डोमी कामत,शम्भु भट्टराई,शारदा भट्टराई,हरि कट्टेल लगायतले कवि शिरोमणि सम्वन्धि कविताहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन छन्दवाटिका नेपालका सचिव चिरञ्जीवी काफ्लेले गरेका थिए । छन्दवाटिका नेपालले भानुभक्त आचार्य, मोतीराम भट्ट,लक्ष्मी प्रसाद देवकोटा,लेखनाथ पौड्याल लगायतलाई उनीहरूको जन्म दिनको सन्दर्भ पारेर स्मरण गर्दै आएको छ।
त्यसै क्रममा पौष शुक्ल एकादशीको दिन पारेर कवि शिरोमणि लेखनाथ जयन्ती मनाएको हो । कवि शिरोमणि लेखनाथ पौड्यालको जन्म १९४१ साल पौष शुक्ल एकादशीको दिन कास्की जिल्लाको अर्घौं अर्चलेमा भएको थियो । उनी परिस्कारबादी धाराका चर्चित शास्त्रीय कवि हुन। उनका ऋतु विचार खण्डकाव्य,तरूंण तपसी महाकाव्य लगायत थुप्रै कविता काब्य प्रकाशित छन।

